Main

राष्ट्रपतिले गौरीघाट र कमलपोखरी पुगेर गरे छठ पूजा (तस्वीरहरू)

२२ कात्तिक, काठमाडौं । तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।

त्यहाँ उनले छठीमाइको पूजा गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारीमा छन् ।

छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन थियो।

हेर्नुहोस् तस्वीरहरू : 

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button