Main

रोहितले एकै ओभरमा २ विकेट लिएपछि खेलमा फर्कियो नेपाल

२७ माघ, काठमाडौं । एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध नेपाल खेलमा फर्किएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

तर १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो ।

त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे । तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काए ।

ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे । स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन् ।

पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे । उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०/४ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button