Main

वेष्टहमको पोष्टमा आर्सनलको ६ गोल

२९ माघ, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा वेष्टहम युनाइटेडलाई ६-० ले पराजित गरेको छ । फराकिलो जितपछि आर्सनल उपाधि होडमै कायम छ ।

वेष्टहमको मैदानमा भएको खेलमा आर्सनलका लागि ६ फरक खेलाडीले गोल गरे ।  लण्डन क्लबले पहिलो हाफमै पाँच गोल गरेको थियो ।

आर्सनलका लागि विलियम सालिवाले ३२औं, बुकायो साकाले ४१औं, गाब्रीएल मागालहाएसले ४४औं र लियोन्ड्रो ट्रोसार्डले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै वेष्टहमकै पूर्व कप्तान डेक्लान राइसले ६५औं मिनेटमा एक गोल थपे ।

जितपछि आर्सनलले २४ खेलबाट ५२ अंक जोडेको छ र तेस्रो स्थानमै छ । दोस्रो स्थानको म्यानचेष्टर सिटी समान अंक भए पनि आर्सनल गोल अन्तरमा पछि छ । सिटीले एक खेल कम खेलेको छ । लिभरपुल २४ खेलबाट ५४ अंक जोडेर शीर्ष स्थानमा छ ।

 

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button