Main

श्रीलंकाविरुद्ध नेपाललाई अग्रता, साबित्राले पनि गरिन् गोल

८ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले तीन गोलको अग्रता लिएको छ ।

आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल गरेकी हुन् । त्यसको चार मिनेटपछि साम्बाले गोलको खाता खोलिन् भने दुई मिनेटपछि रेखा पौडेलले गोल गरिन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button