Main

सर्केगाडको उपाध्यक्षमा ६ महिला र १ पुरुष प्रतिस्पर्धामा

४ मंसिर, काठमाडौं । सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि ६ जना महिला र एक जना पुरुष चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसबाट सबिता बुढा, नेकपा एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचा शाही उपाध्यक्षका लागि चुनावी मैदानमा छन् । यी पाँचै जना महिला हुन् ।

नरेश शाही र रामसरा खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसरी उपाध्यक्षका लागि परेको सात जनाको उम्मेदवारीमा ६ जना पुरुष र एक जना महिला रहेका हुन् ।

यसअघि उपाध्यक्षमा पुरुष थिए । २०७९ को चुनावमा उपाध्यक्ष निर्वाचित चन्द्रसिंह कार्कीको गत भदौ ४ गते सवारी दुर्घटनामा परेर निधन भएको थियो । त्यसपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

सर्केगाड गाउँपालिकाको अध्यक्ष ठानबहादुर रोकाय छन् । यसकारण राजनीतिक दलबाट उपाध्यक्षमा अनिवार्य महिलाले मात्रै उम्मेदवारी दिन पाए ।

स्थानीय तह निर्वाचन ऐन २०७४ को दफा १७(४) मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिंदा ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार अध्यक्षमा पुरुष बहाल रहेकाले उपाध्यक्षमा महिलालाई मात्रै उम्मेदवार हुन पाउने निर्णय निर्वाचन आयोगले गरेको थियो ।

निर्वाचन आयोगले प्रमुख वा उपप्रमुख पदमा रिक्त स्थानीय तहमा एउटा पदमा यसअघि नै पुरुष निर्वाचित भए महिलाको मात्रै उम्मेदवार दिन पाउने निर्णय गरेको थियो । स्वतन्त्र उम्मेदवारका हकमा भने यो निर्णय लागू गरिएन ।

यसकारण सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि ६ जना महिला र एक जना पुरुष चुनावी प्रतिस्पर्धामा देखिएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button