Main

सान इन्टरनेसनल कलेजले नवनिर्मित भवनमा मनायो २४औं वार्षिकोत्सव

काठमाडौं । सान इन्टरनेसनल कलेजले चन्द्रागिरि नगरपालिका–१४ स्थित नैकापमा नवनिर्मित भवनमा २४औं वार्षिकोत्स मनाएको छ । यसअघि इन्टरनेसनल कलेज काठमाडौको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको थियो ।

आइतबार उपसभामुख इन्दिरा रानामगरको प्रमुखआतिथ्यमा कलेजले स्थापनादिवस आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा घरबाट नै नैतिक शिक्षा लिनु आजको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा काठमाडौ महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले देशभरिका विधार्थीहरुलाई भर्ना लिएर छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिन सुझाव दिइन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशव प्रसाद पोखरेल, सांसद यमुनाश्रेष्ठ, प्रदेश सभा सांसद रमा आले मगर, पूर्व उपकुलपति डा. गणेश गुरुङ, वरिष्ठ कलाकार दिपकराजगिरी र शिवहरी पौड्याल, नमुना सामुदायिक विधालय कंकाली विधालयका प्रधानाध्यापक विष्णु पनेरु, कलेजका संस्थापक अध्यक्ष डा. सुभाष घिमिरे लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button