Main

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

५ माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button