Main
काठमाडौंको बागमती किनारमा १ पुरुषको शव फेला
५ पुस, काठमाडौं । काठमाडौंस्थित बागमती खोला किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंको कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा शव भेटिएको हो । घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।