Main

काठमाडौं–१६ मा कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ ।

वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिले पाठकको नाममा सहमति जुटाएको हो । वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो ।

काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँले अन्य आकांक्षीले नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत चयन गरिएको जानकारी गराए ।

गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उप निर्वाचन हुन लागेका छ । रिजालको २०८० भदौमा निधन भएको थियो ।

१६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवार बनेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button