टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरियन्ट सार्वजनिक
काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युबको २.२ किलोवाट–आवर भेरियन्ट सार्वजनिक गरेको छ ।
नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस आईक्युबका ३ वटा भेरिएन्टहरू ६ आकर्षक रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ भेरियन्ट सार्वजनिकसँगै टीभीएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको कम्पनीको भनाइ छ ।
२.२ किलोवाट–आवरको नयाँ भेरियन्टको सुरुवाती मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ । जसले ईभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको कम्पनको भनाइ छ ।
पावर अफ च्वाइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता टीभीएस आईक्युबका ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पावर अफ च्वाइस अन्तर्गत ग्राहकलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसन रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरसिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरू छन् ।
‘नेपालमा टीभीएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । ग्राहकले केवल एक वर्षमा १० लाखभन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकले टीभीएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ,’ कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने ।
टीभीएस आईक्युबसँगको गत एक वर्षको यात्रा सफल रहेको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए । टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्ने उनको विश्वास छ ।
नयाँ भेरियन्टलाई नेपालभरि उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै उनले ग्राहकका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको बताए ।
नयाँ टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरिका टीभीएसका ४० आधिकारिक डिलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यी हुन् विशेषताहरू :
- ब्याट्री क्षमता – २.२ किलोवाट आवर
- चार्जर -९५० वाट
- ५ इन्चको रंगीन टिएफटी स्क्रिन
- सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा (०–८० प्रतिशत)
- सवारी दुर्घटना तथा टो अलर्ट
- टर्न–बाइ–टर्न नेभिगेसन
- डिस्ट्यान्स टु एम्प्टी
- ३० लिटरको अन्डर सीट स्टोरेज
- ७५ किमी प्रति घण्टाको टप स्पिड
- उपलब्ध कलरहरूः वालनट ब्राउन र पर्ल ह्वाइट
– यस समाचारको श्रोत : Online Khabar हो ।