डान्सर तथा अभिनेत्री कविता नेपालीले आरोहण गरिन् लुबुचे हिमाल

काठमाडौं । अभिनेत्री तथा नृत्यांगना कविता नेपाली दशैंअघिसम्म डेब्यु फिचर फिल्म ‘एक्लो’को छायांकनमा ब्यस्त थिइन् । यो फिल्ममा उनको शीर्षमध्येको भूमिका छ ।
उनको सौख अभिनय र नृत्यमा मात्र होइन, पदयात्रा र हिमाल आरोहण पनि उनको रुचिमध्ये पर्छ । ‘एक्लो’ छायांकनपछिको समयमा उनी हिमाल चढ्न ब्यस्त छिन् ।
विहिबार उनले ६ हजार ११९ मिटर अग्लो लुबुचे हिमाल चढेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसनबाट उनले लुबुचे आरोहण गरेकी हुन् । विहिबार बिहान ६ बजे ५४ मिनेटमा चुचुरोमा पुगेको उनले उल्लेख गरेकी छन् । उनले सामाजिक संजालमार्फत लुबुचेको सफल आरोहणबारे जानकारी दिएकी छन् ।
उनी लेख्छिन्, ‘पहाडको चुचुरोमा यो मेरो पहिलो अवसर हो । मैले नम्र महसुस गरेकी छु । हावा, चट्टान, आकाशजस्ता तत्व हेर्दा मैले आफूलाई निकै सानो महसुस गरेँ । यो उचाइमा मैले शान्ति र आत्म पहिचानको क्षणलाई महसुस गरेकी छु । जुन मलाई थाहा थिएन कि म हराएकी छु ।’
नृत्यमा आधारित भारतीय फ्रेन्चाइज टिभी रियालिटी शो ‘बुगी उगी’की विजेता समेत रहेकी कविता फिल्म बाहेक म्युजिक भिडियोमा समेत ब्यस्त छिन् । सज्जनराज वैद्यको पछिल्लो हिट गीत ‘सुन कान्छी’मा कविताको अभिनय रुचाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।