Main

डेढ करोडको बैंकिङ कसुर आरोपमा एकजना पक्राउ

६ मंसिर, काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–९ कि ३९ वर्षीया विष्णुमाया केसी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो ।

खातामा पर्याप्त रकम नभएको चेक नदिएपछि बाउन्स भएको थियो । त्यसपछि पीडितले प्रहरीमा जाहेरीका थिए ।

त्यसपछि काठमाडौं जिल्ला अदातबाट अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button