नेपालको तेस्रो विकेट गुम्यो

१० माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ ।
कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रनमा आउट भएका हुन् । स्पिनर अली असफन्डलाई लङअनमा सट खेल्ने धुनमा मिडअनमा क्याच आउट हुन पुगेका थिए ।
उबेद साहले उत्कृष्ट रनका साथ देवको क्याच लिएका थिए । दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १९ ओभरमा तीन विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपालका विपिन रावल ५० बलमा ३ चौक र १ छक्कासहित ३१ र उत्तम थापामगर क्रिजमा छन् ।
ओपनर अर्जुन कुमाल भने आजको खेलमा चल्न सकेनन् । उनी अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भए । त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच आउट भए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।