Main
बागमती प्रदेश सभा बैठक स्थगित
१६ असार, काठमाडौं । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार सोमबार ४ बजेका लागि तय गरिएको बैठक १९ असार बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । विशेष कारणवश आजको निर्धारित बैठक स्थगित गर्नुपरेको सभा सचिव पौडेलले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।