यू-१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

७ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।
खेल १ : ४५ मा सुरु हुँदैछ ।
समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।
नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।
सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।
नेपालले आजको खेलमा विपिन रावल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र दीपक डुम्रेलाई भने बेन्चमा राखेको छ ।
नेपालले दुवै दीपक बोहरालाई न्युजिल्यान्डविरुद्ध मैदान उतारेको छ । एउटा दीपक बोहरा ओपनर तथा स्पिन अलराउन्डर हुन् । अर्का फिनिसर हुन् ।
नेपालले तीन स्पिनर खेलाएको छ । सुवाश, तिलक र दीपेश तीनै स्पिनर नेपालको प्लेइङ ११ मा छन् ।
नेपालको प्लेइङ-११
देव खनाल (कप्तान), दीपक बोहरा, दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कँडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलक भण्डारी र आकाश चन्द ।
– यस समाचारको श्रोत : Online Khabar हो ।