Main

रक्सी खाएर होहल्ला गरेपछि दुबई उड्न लागेका राजेशपायल विमानस्थलबाट फर्काइए

काठमाडौं । दुबई उड्न लागेका गायक राजेशपायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन्।

बिहीबार सांगीतिक कार्यक्रमका लागि दुबई जान राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे।

उनी फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका थिए।

विमानस्थल स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि विमानमा चढिसकेका उनलाई घर फर्काइएकाे हाे।

मदिराले मातेकाे उनले होहल्ला गर्दै एयरलाइन्सका कर्मचारीसँग झगडा थालेपछि प्रहरीले ट्याक्सीमा हालेर घर पठाएकाे बताइएकाे छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button