Main
राजावादीहरूले प्रेसमाथि खुला हमला गरे : मिडिया सोसाइटी
१५ चैत, काठमाडौं । नेपाल मिडिया सोसाइटीले राजावादीहरूको प्रदर्शनका क्रममा सञ्चारमाध्यमहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सोसाइटीले शुक्रबार साँझ विज्ञप्ति जारी गरी व्यवस्था परिवर्तनका नाममा अराजक समूहले गरेको खुलेआम आक्रमणको विरोध गरेको हो । सञ्चारगृहमाथि हिंसात्मक आक्रमण अक्षम्य हुने भन्दै सोसाइटीले शुक्रबारको घटनालाई प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला भनेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।