Main

राष्ट्रिय टोलीमा बसन्त जिम्बा डेब्यु

२४ जेठ, काठमाडौं । मिडफिल्डर बसन्त जिम्बाले युएई विरुद्धको खेलमार्फत राष्ट्रिय फुटबल टिममा डेब्यु गर्ने भएका छन् ।

फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएई विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले घोषणा गरेको पहिलो रोजाईँमा बसन्तले स्थान बनाएका हुन् ।

कप्तान किरणले गोलपोष्ट सम्हाल्ने छन् । यस्तै अनन्त तामाङ रोहित चन्द विशाल बस्नेत र सौभाग्य राई डिफेन्समा हुनेछन् भने लकेन लिम्बु बसन्त जिम्बा मनिष डाँगी र भरत अवास मिडफिल्डमा हुने छन् ।

सन्जिव विष्ट र जिलेस्पी जंक कार्कीले फरवार्डमा खेल्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button