Main

सुनको भाउ बढ्यो, तोलाको कति ?

९ मंसिर, काठमाडौं । पछिल्लो एक सातादेखि सुनको भाउ निरन्तर बढिरहेको छ । आज आइतबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । स्थानीय बजारमा छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ २० बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button