हलमा लाग्यो प्रभास र दीपिकाको ‘कल्की २८९८ एडी’

काठमाडौं । शुक्रबार नेपालमा एक मात्र नयाँ फिल्म रिलिज भएको छ । यो साता कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन् ।
शुक्रबार बहुप्रतीक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ मात्रै रिलिज भएको छ । प्रभास स्टारर साइन्स फिक्सन फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्ममा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको समेत मुख्य भूमिका छ ।
६०० भारु बजेटमा निर्माण भएको यो फिल्म हिन्दी र तेलुगू भाषामा विश्वव्यापी रिलिज भएको हो । फिल्मलाई नेपाली हलले उच्च शो दिएका छन् ।
शुक्रबारबाट नवीन सुब्बा निर्देशिन फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ भने पूजा शर्मा अभिनित ‘दान्भी’ दोस्रो सातामा प्रवेश गरेको छ ।
यस्तै बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ र हलिउड फिल्म ‘एक्सर्सिजम’ पनि केही हलमा प्रदर्शनरत छन् । शनिबार हलिउड फिल्म ‘क्वाइट प्लेस : डे वान’ रिलिज हुँदैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।